१५ मंसिर, धनुषा । धनुषाको ढल्केवरमा २३ मंसिर देखी पौष ४ सम्म दोश्रो बृहत औधोगिक मेला सुरु हुने भएको छ ।
स्थानिय थुप्तेन युवा कलवले आयोजना गरेको उक्त मेलामा स्थानिय उत्पादन, कृषी, पर्यटन तथा संस्कृतीलाइ पहिचान गराउने आयोजक पक्षले जनाएको छ ।
भब्य मनोरञ्जनको माध्यमवाट बाहय र आन्तरिक दर्शकहरु भित्र्याइ धनुषाका कृषी उपज,खानेकुरा तथा कला र संस्कृतीलाइ प्रचारप्रसार गर्दै धनुषालाई बिसिष्ट पहिचानको रुपमा चिनाउने थुप्तेन युवा कलवका अध्यक्ष धावा लामाले जानकारी दिए ।
२३ मंसिर देखि नै सुपरहिट राष्ट्रिय र स्थानिय कलाकारहरूको माध्यमवाट २ लाख दर्शकहरुलाइ मेलामा सहभागी गराउने आयोजक पक्षको तयारी छ ।
दर्शकहरुले राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरु प्रमोद खरेल, ज्योती मगर, एलिना चौहान, रोज मोक्तान, बिन्दु परियार, कमल लामिछाने, अस्मिता अधिकारी, किरण भुजेल, साहिना श्रेष्ठ, प्रताप दास लगायतका गायककार तथा हास्य कलाकारको माध्यमवाट भरपुर मनोरञ्जन लिन सक्ने छन ।
मेलालाइ भब्य बनाउन स्थानिय सरकारले समेत सहयोग गर्ने प्रतिबद्धता जनाएको छ । उधोग तथा व्यवसायहरुको ब्यापारमा प्रत्यक्ष फाइदा हुने हुदा उधोग बाणिज्य संघ मिथिलाले मेलालाइ स(प्रायोजन गरेको छ । मेला भित्र प्रवेश गरेपछी जोकोहीले फरक स्वाद लिन सक्ने आयोजक पक्षको दावी छ ।
मेलामा बालबालिकाका लागी बाल क्रीडास्थल, स्थानिय रोटे पिङ्ग, मनोरञ्जन लिन सक्ने विभिन्न प्रकारका मनोरञ्जनात्मक यन्त्रहरुको ब्यवस्थापन गरिएको आयोजक युवा कलवका अध्यक्ष धावा लामाले जानकारी दिए ।









