बराहक्षेत्र नगरपालिकाको सभापतिमा कार्की निर्वाचित


सुबिन विश्वकर्मा

९ असोज सुनसरी । नेपाली काँग्रेसको १४ औं महाधिवेशन बराहक्षेत्र अन्तर्गत बराहक्षेत्र नगरपालिकाको सभापतिमा रमेश कार्की निर्वाचित भएका छन् । आफ्ना निकटतम प्रतिद्वन्दी नारायण नेपाललाई ५२ मतान्तरले पराजित गर्दै कार्की निर्वाचित भएका हुन् ।

आज सनिवार सम्पन्न निर्वाचनमा सभापतिको उम्मेद्बारी दिएका रन्त बहादुर राउतले ४४, नारायण नेपाल ६१ तथा रमेश कार्कीले १सय १३ मत प्राप्त गरेका थिए ।

त्यस्तै, उपसभापतितर्फ ५ जनाको उम्मेद्बारी परेको थियो । जसअन्तर्गत प्रसिद्ध प्रसाईं ९जोन०ले ३५, महेन्द्र प्रसाद मेहेताले ७७, चित्र बहादुर राईले ८३ मत प्राप्त गरेका थिए भने ९३ र ९७ मत प्राप्त गर्दै क्रमशः जित बहादुर कार्की र
युवराज श्रेष्ठ विजयी भए ।

चक्रघट्टीको रेडक्रस भवनमा भएको मतदानमा सचीवतर्फ १४२ मत प्राप्त गर्ने प्रतीक राई र ९५ मत प्राप्त गर्ने हरिकृष्ण भट्टराई विजयी भएका छन् । अन्य उमेदवारहरु अबिराम थापा, तिर्थराज भट्टराई र रनि बिस्टले क्रमशः ३४, ५५ र ६० मत प्राप्त गरे ।

जम्मा मतसंख्या २सय २७ रहेकोमा २सय २६ मत खसेको थियो । जसमा सह(सचीवतर्फ दिवानसिंह राईले १४३ तथा
सन्तोष भण्डारी ९५ मत प्राप्त गरि विजयी भए । अन्य उमेदवार युवराज भट्टराईले ७७ र महेन्द्र बहादुर कार्कीले ८९ मत प्राप्त गरेका हुन् ।

निर्वाचन समितिका संयोजक गोकुल गुरागाईँका अनुसार पदाधिकारी बाहेक अन्य नगर सदस्य निर्विरोध निर्वाचित भएका छन् । प्रत्यक्ष तर्फबाट समान रूपमा प्रत्येक वडामा १ महिला सहित ३ जना गरेर ३३ जना र समानुपातिक रूपमा २२ जना नगर सदस्यहरू निर्वाचित भएका छन् । निर्वाचित पदाधिकारी र सदस्यहरूलाई आगमि शनिवार प्रमाणपत्र प्रदान गर्ने निर्वाचन समितिका संयोजक गुरागाईँले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको