मलंगवामा एक लाख रुपैयाँ घुससहित इन्जिनियर पक्राउ


सर्लाही – सर्लाहीको मलंगवा नगरपालिकाका एक इन्जिनियरलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ।

आयोगको बर्दिबास कार्यालयबाट खटिएको टोलीले नगरपालिकाको प्राविधिक शाखामा कार्यरत इन्जिनियर डिकेश यादवलाई मंगलबार साँझ सेवाग्राहीबाट घुसको रकम लिइरहेको अवस्थामा नियन्त्रणमा लिएको हो।

अख्तियार स्रोतका अनुसार नक्सा पास गरिदिने भन्दै सेवाग्राहीसँग रकम मागेको सूचना पाएपछि आयोगको टोली मलंगवा नगरपालिका पुगेको थियो। सोही क्रममा यादवलाई सेवाग्राहीबाट एक लाख रुपैयाँ घुस लिँदै गरेको अवस्थामा नियन्त्रणमा लिइएको स्रोतले जनाएको छ।

यादवसँगै अर्का एक व्यक्तिलाई समेत नियन्त्रणमा लिइएको भए पनि ती व्यक्तिको संलग्नता र पहिचानबारे थप विवरण सार्वजनिक गरिएको छैन।

नियन्त्रणमा लिइएका दुवै जनामाथि घटनाबारे आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया अघि बढाइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको