धनुषामा टिपर पल्टिँदा पुरिएर क्रसर सञ्चालकका छोराको मृत्यु


धनुषा । धनुषाको मिथिला नगरपालिका-३, लालभित्तिस्थित औरही बाबा बालुवा प्रशोधन उद्योगमा टिपरबाट बालुवा-गिट्टी अनलोड गर्ने क्रममा टिपर पल्टिँदा पुरिएर एक जनाको मृत्यु भएको छ।

मृत्यु हुनेमा उद्योग सञ्चालक रामसागर महतोका ३६ वर्षीय छोरा हरि महतो रहेका छन्।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार बिहीबार बिहान करिब ७ः२० बजे प्रदेश २-०२-००१ ख ०१७१ नम्बरको टिपरबाट उद्योग परिसरमा बालुवा-गिट्टी अनलोड गर्ने क्रममा टिपर अचानक पल्टिएको थियो।

टिपर पल्टिएपछि उद्योग परिसरमै रहेको जेसीबीको सहयोगमा तत्काल उद्धार गरी गम्भीर घाइते महतोलाई उपचारका लागि जानकी मेडिकल कलेज, रमदैयामा पठाइएको थियो। तर उपचारका क्रममा बिहान १०ः२० बजे उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा टिपर चालक गणेशमान चारनाथ नगरपालिका-६, गोदारका करिब ३० वर्षीय हरि ब.बि.क. समेत घाइते भएका छन्। उनको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको डीएसपी खनालले जानकारी दिए।

घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको