सर्लाहीमा २२ किलो ८२० ग्राम गाँजासहित तीन जना पक्राउ


सर्लाही। प्रहरीले सर्लाहीको लालबन्दी नगरपालिका-१, नवलपुरबाट २२ किलो ८२० ग्राम गाँजासहित दुई महिला र एक अटोचालकलाई पक्राउ गरेको छ।

हरिवन नगरपालिका-डाबरीबाट मधेश प्रदेश ०३००१ ह २४४५ नम्बरको अटोमा गाँजा राखेर लालबन्दीतर्फ आउँदै गरेको अवस्थामा उनीहरूलाई महेन्द्र राजमार्गबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

पक्राउ पर्नेमा हरिवन नगरपालिका–घुर्कौलीका ३० वर्षीय अटोचालक सुशील साह तथा अटोमा सवार २५ वर्षीया जगतारण साह र २५ वर्षीया राधिका साह रहेका छन्।

प्रहरीका अनुसार अटोमा पाँचवटा पोकामा राखिएको अवस्थामा २२ किलो ८२० ग्राम गाँजा बरामद भएको हो।

गाँजासहित पक्राउ परेका तीनै जनालाई इलाका प्रहरी कार्यालय लालबन्दीको हिरासतमा राखी घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिनुभयो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको