वीरगन्जमा निर्माणाधीन घरको पर्खाल भत्किँदा महिला मजदुरको मृत्यु


वीरगन्ज। वीरगन्जमा निर्माणाधीन घरको टपसहितको पर्खाल भत्किएर खस्दा च्यापिएर एक महिला मजदुरको मृत्यु भएको छ।

मृत्यु हुनेमा बाराको परवानीपुर गाउँपालिका-४ निवासी ३२ वर्षीया सीतादेवी मुसहर रहेको प्रहरीले जनाएको छ।

वीरगन्ज महानगरपालिका-६ मा ओम अग्रवालको नयाँ घर निर्माणका क्रममा बिहीबार दिउँसो निर्माणाधीन घरको टपसहित इँटाको पर्खाल अचानक भत्किँदा त्यहाँ काम गरिरहेकी मुसहर गम्भीर घाइते भएकी थिइन्।

घाइते मुसहरलाई तत्काल उद्धार गरी नारायणी अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले जानकारी दिए।

घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा प्रहरीले घरधनी ओम अग्रवालका छोरालाई नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको प्रहरी नायब उपरीक्षक बस्नेतले बताए।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको