दीपक कुमार साह श्रममन्त्री, बालेन नेतृत्वको मन्त्रिपरिषद् गठन


काठमाडौं। दीपककुमार साह श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री नियुक्त भएका छन्। बालेन्द्र साह को नेतृत्वमा आज गठन भएको मन्त्रिपरिषद्मा उनी उक्त जिम्मेवारीमा नियुक्त भएका हुन्।

महोत्तरी क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट निर्वाचित साहले २१ फागुनमा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा ३२ हजार ७२२ मत प्राप्त गरी विजय हासिल गरेका थिए। उनले पूर्व श्रममन्त्री शरतसिंह भण्डारी लाई २२ हजार ५२४ मतान्तरले पराजित गरेका थिए।

साहले चुनावमा स्वास्थ्य सेवामा सुधार, युवा स्वरोजगार र भ्रष्टाचारमुक्त प्रशासनलाई प्राथमिकतामा राखेका थिए।

२०४७ साल चैत १० गते महोत्तरीमा जन्मिएका ३५ वर्षीय साह जनस्वास्थ्य विषयमा स्नातकोत्तर शिक्षित हुन्। उनले London School of Hygiene & Tropical Medicine र Institute of Medicine बाट अध्ययन गरेका छन्।

राजनीतिमा पूर्णकालीन रूपमा प्रवेश गर्नुअघि उनले World Health Organization र FHI 360 जस्ता अन्तर्राष्ट्रिय संस्थामा काम गर्दै स्वास्थ्य तथा विकास क्षेत्रमा अनुभव हासिल गरेका थिए।

परिवर्तन र सुशासनको एजेन्डा लिएर राजनीतिमा आएका साह अब श्रम मन्त्रालयको नेतृत्व सम्हाल्दै रोजगार, वैदेशिक श्रम र सामाजिक सुरक्षा क्षेत्रमा सुधार ल्याउने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको