एक छोरीको आस्था, एक आमाको प्रार्थना, र जीवनको चमत्कार
बर्दिवास नगरपालिका वडा नं. ८ की मनुमाया मसरांगीलाई त्यो रात कहिल्यै बिर्सिन सकिने छैन — बैशाख १६ गतेको रात, करिब १२ बजे।
दमले बुबाको सास थामिएको खबर आयो। बर्दिवास–३ मा रहेको जनसेवा अस्पताल पुग्न हतारिएर, हयाङ्ग पसाङ गर्दै, आफ्नै दाजुको अटोमा मरेको जस्तो लाग्ने बुबालाई लिएर दौडिनुभयो।
स्वास थिएन। शरीर निस्सासिएको। आशा पनि हराइसकेको जस्तो लाग्थ्यो।
तर मनुमाया भित्र कतै–कतै एउटा सानो विश्वास अझै बाँकी थियो — सायद चमत्कार हुन सक्छ।
अस्पताल पुगेपछि तुरुन्तै बुबालाई आसियूमा भर्ना गरियो।
त्यहाँ पुगेपछि रात दिनको भिन्नता हरायो — मनुमाया, उनकी १९ वर्षिया छोरी अनुसा मगर ९जो कक्षा १२ मा पढ्दै छिन्०, र घरको एक्ला छोरा सुनिल मगर — तीनै जना हस्पिटलको छायामा दिनरात बिताउन थाले।
चार दिनसम्म बुबा बेहोस।
त्यो बेहोसीमा बाँच्ने आशा झनझन मर्न थाल्यो।
तर पाँचौं दिन — एकाएक बुबाले आँखा खोले।
त्यो क्षण… त्यो पल…. त्यो धड्कन फर्किएको सासको आवाजले सिंगो संसारको मौनता तोडियो।
मरेको बुबा बाँच्नुभयो।
अनुसाको आँखा रसाइरहेको थियो, तर त्यो आँशु पीडाको थिएन — त्यो त पुनर्जन्मको खुसी थियो।
घरकी आमा, जो हर साँझ ढोका हेरिरहनुहुन्थ्यो – सायद अब कहिल्यै नफर्किने बुबाको पर्खाइमा – उहाँको आङगनमा फेरि उज्यालो झरेको थियो।
बुबा चार वर्षदेखि बिरामी हुनुहुन्थ्यो।
पहिला प्रेसरले थिच्यो, त्यसपछि मुटुमा समस्या, अनि अरु थुप्रै रोगहरू।
तर जिम्मेबारीले कसैलाई नछोड्दो रहेछ – बुबा अझै छोरी र छोराको बिहे हेर्न बाँकी छ, परिवारको पालनपोषण गर्न बाँकी छ, जीवनसँगको लडाइँ अझै बाँकी छ।
यो पुनर्जन्मको क्षणमा, मनुमायाको मुखबाट एउटा मात्र कुरा निस्क्यो –
धन्यवाद डाक्टर टिम, धन्यवाद जनसेवा अस्पताल – सास बिना फर्किएको त्यो सास आज फेरि हामीसँग छ।
साच्चै, कहिलेकाहीं विज्ञान भन्दा माथि उठ्छ विश्वास।
र जब छोरीको आँशु, आमाको प्रार्थना र भाइको समर्पण मिसिन्छ – मरेको पनि बाँच्न सक्छ।![]()
![]()












