निर्वाचन बिथोल्ने आरोपमा धनुषामा दुई स्थानीय नेता पक्राउ


धनुषा। निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा धनुषामा दुई स्थानीय नेतालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय धनुषाका अनुसार बहुमत पार्टीका जिल्ला सचिव नागेन्द्र दास र क्रान्तिकारी कम्युनिस्ट पार्टीका जिल्ला सचिव नन्दुकुमार झालाई नियन्त्रणमा लिइएको हो।

एसपी रुगमबहादुर कुँवरका अनुसार उनीहरूको नामबाट निर्वाचनमा सहभागी नहुन चेतावनीसहितका पत्र तथा मतदातालाई लक्षित अपिलपत्र बरामद गरिएको छ।

प्रहरीले धनुषा-महोत्तरी सीमास्थित रातुपुलमा भएको बम विस्फोट घटनामा समेत उनीहरूको संलग्नता देखिएको जनाएको छ।

घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जानकारी दिएको छ।

स्रोत: लालिगुरास


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको