पर्सा-२ का नेकपा उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ


वीरगंज। नेपाल कम्युनिष्ट पार्टीका पर्सा क्षेत्र नम्बर २ का उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार मंगलबार राति करिब १० बजे पर्सागढी नगरपालिका-२ बढनिहारबाट चौधरीसहित चार जनालाई नियन्त्रणमा लिइएको हो।

पर्साका प्रहरी उपरीक्षक सुदीप राज पाठकले पत्रकार सम्मेलनमार्फत उम्मेदवार चौधरी सवार बा १० च १२५० नम्बरको कारबाट ‘होक्सी बम’ बरामद भएको जानकारी दिए। बरामद बमलाई बुधबार बिहान नेपाली सेनामार्फत निष्क्रिय (डिस्पोज) गराइएको उनले बताए।

चौधरीसहित गाडीमा सवार अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। अनुसन्धान जारी रहेकाले थप विवरण गोप्य राखिएको छ। प्रहरीले उक्त गाडीसमेत नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार चौधरीमाथि निर्वाचन ऐन २०७३, मुलुकी फौजदारी संहिता अन्तर्गत विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्तिविरुद्धको कसुर गरी तीन वटा मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

यसैबीच नेकपाका नेता तथा पूर्वमन्त्री नागेन्द्र चौधरीले उम्मेदवार चौधरीलाई निर्वाचन बिथोल्ने नियतले षड्यन्त्रपूर्वक फसाइएको आरोप लगाएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको