रातु पुलमा एक बम विस्फोट, अर्को डिस्पोज गर्ने क्रममा पुनः विस्फोट


महोत्तरी/धनुषा। रातु पुल क्षेत्रमा फेला परेको शंकास्पद वस्तुमध्ये एउटा बम दिउँसो करिब २:३५ बजे विस्फोट भएको छ। त्यसक्रममा एक जना युवक घाइते भएका छन्। उनको छाती तथा हातखुट्टामा चोट लागेको जनाइएको छ।

यसैबीच, अर्को शंकास्पद बमलाई निष्क्रिय पार्ने क्रममा साँझ ४:४२ बजे पुनः विस्फोट भएको छ। घटनास्थलमा खटिएको नेपाली सेना को बम डिस्पोजल टोलीले सुरक्षा सतर्कता अपनाउँदै क्षेत्रलाई पूर्ण रूपमा नियन्त्रणमा लिएको छ।

सुरक्षा निकायका अनुसार घटनास्थल आसपास अझै अन्य स्थानहरूमा पनि शंकास्पद वस्तु राखिएको हुन सक्ने आशंका गरिएको छ। त्यसैले सम्पूर्ण क्षेत्रलाई उच्च सतर्कतामा राखिएको छ र सर्वसाधारणको आवतजावत पूर्ण रूपमा रोकिएको छ।

प्रहरीले यस्ता शंकास्पद वस्तु देखिएमा नछुनु, नजिक नजानु र तत्काल प्रहरीलाई खबर गर्न सर्वसाधारणसँग आग्रह गरेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको