काठमाडौं, साउन १६। अविरल वर्षाका कारण ललितपुरका ७ स्थान डुबानमा परेका छन् । प्रहरीले डुबानमा परेका २४ जनाको उद्धार गरेको छ ।
युएन पार्कबाट २ जनाको, सुन्दरीघाटबाट ८ जनाको, बालकुमारी पुलबाट १ जनाको र महालक्ष्मी नगरपालिका–७ स्थित छगनथलीबाट ७ जनाको उद्धार गरिएको हो । सानेपा राम मन्दिरबाट ६ जना र ८ वटा बाख्राको उद्धार गरिएको छ ।
ललितपुरबाट ३ बालबालिका, ८ महिला र १३ पुरुषसहित २४ जनाको उद्धार गरिएको एसपी सुवेदीले जानकारी दिए ।









