नेपाली नक्कली नोटसहित एक भारतीय नागरिक पक्राउ


पर्सा, साउन १५ ।  पर्सा प्रहरीले नेपाली एक हजार दरका २ नक्कली नोटसहित एक भारतीय नागरिकलाई सोमबार दिउँसो पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत बिहार प्रदेशको बेतिया गाउँ बैरिया–३ का २२ वर्षीय आजाद आलम रहेका छन् ।

प्रहरी चौकी बसपार्कबाट खटिएको प्रहरीले उनलाई वीरगन्ज महानगरपालिका–१६ बाटउक्त नक्कली नोट सहित पक्राउ गरेको हो । घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको