धार्चेमा रेसे पहिरो : बेपत्ता भएका पाँच जना मध्य चार जनाको शव फेला, अझै एक जना बेपत्ता


काठमाडौं, साउन १४ । सिङ्लाको धार्चे गाउँपालिका वडा नं ५ मा रेसेमा लेदोसहितको पहिरोमा परी बेपत्ता भएका चार जनाको शव फेला परेको छ ।

स्थानीयवासी, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले शवको फेला परेको हो।

‘जितबहादुर गुरूङ, उनका बुवा सुलालकान्छा गुरूङ र स्थानीय रमेश गुरूङको शव पहिरोले पुरेको अवस्थामा फेला परेको छ,’ उनले भने, ‘जितबहादुरको घरको आँगनबाट केही तल पुरिएको अवस्थामा शव फेला परेको हो।’

सोमबार दिउँसो तीन जनाको शव फेला परेको थियो भने आइतबार नै एक महिलाको शव भेटिएको थियो ।

पहिरोमा जितबहादुरको परिवारका तीन जना परेका थिए। पहिरोमा परी जितबहादुरकी श्रीमती कान्छीमाया गुरुङ पनि बेपत्ता भएकी थिइन्।

गोरखाको गण्डकी गाउँपालिका फिस्लिङमा एक महिलाको शव फेला परेको प्रहरीले जनाएको छ । उक्त शव प्रहरीले कान्छीमायाको भएको पहिचान गरेकोले घटनास्थलमा ल्याउने तयारी भएको गुरूङले जानकारी दिए।

पहिरोमा परेर जितबहादुरको परिवारका तीन जना र आरुघाट गाउँपालिकाका एक स्थानीय र एक जना बेपत्ता भएका छन् । तीमध्ये आरूघाटका रमेश परियारको खोजी कार्य जारी रहेको गुरूङले जानकारी दिए।

पहिरोबाट प्रभावित सबै स्थानीय वाटर इनर्जी हाइड्रोका कार्यरत कर्मचारी रहेको गुरुङले बताए । आफू परियार हाइड्रोको ट्याक्टर चालक भएको गुरुङले बताए ।

आइतबार रातिको पहिरोमा एक घर र एक कृषि फर्ममा क्षति पुगेको थियो। यो घर र फार्म नजिकै हाइड्रोको कार्यालय छ। उनले हाइड्रोमा त्यति क्षति नभएको बताए ।

पहिरोमा परी घाइते भएका दिलीप गुरुङ र छमबहादुर गुरुङलाई आइतबार कैलाश एयरको हेलिकप्टरबाट उद्धार गरी काठमाडौं ल्याइएको छ। सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको