रेनु भुजेल ,१४ साउन । पहिरोको कारण कर्णाली राजमार्ग अवरुद्ध भएको छ । आइतबारदेखि परेको अविरल वर्षाका कारण राजमार्गअन्तर्गत दैलेखको आठबिस नगरपालिका–१ असराघाट नजिक पहिरो खसेको छ ।
माथिबाट आएको पहिरोले सडक पूर्णरुपमा अवरुद्ध भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । राजमार्ग पूर्ण रुपमा अवरुद्ध भएकाले राजमार्ग खोल्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।
सडक अवरुद्ध भएपछि सुर्खेतबाट माथिल्लो कर्णाली र माथिल्लो कर्णालीबाट सुर्खेत आउने सवारीसाधन सडकमै अलपत्र परेका छन् ।










