साउन १३ । गोरखामा पहिरोले घर पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
धार्चे गाउँपालिका–५ रेसाका जीतबहादुर गुरुङको कृषि फार्म र नजिकैको घर पहिरोले पुरिँदा ५ जना बेपत्ता भएका छन् ।
जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी डीएसपी रमेशकुमार श्रेष्ठले पहिरोले एउटा घर र कृषि फार्म पुरिएको र पाँच जना बेपत्ता भएको खबर प्राप्त भएको र प्रहरी परिचालन गरिएको जानकारी दिए ।










