काठमाडौं, साउन ९ । सौर्य एयरलाइन्सको दुर्घटनास्थलबाट क्याप्टेन मनिष शाक्यको उद्धार गरिएको छ ।
३७ वर्षीय क्याप्टेन मनिष शाक्यको उद्धार गरिए साथ उनको सिनामंगलस्थित केएमसी अस्पतालमा उपचार भइरहेको छ ।
उनको टाउकोमा चोट लागेको कारण रगतले लतपतिएको अवस्थामा उनलाई प्रहरीले उद्धार गरी तत्काल अस्पताल पुर्याएको थियो ।
विमान दुर्घटनामा १९ यात्रुमध्ये १८ जनाको मृत्यु भएको थियो ।










