ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु


काठमाण्डौ, माघ १० गते ।

सिन्धुलीमा ट्याक्टरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।

मंगलबार बेलुका पौने ८ बजे सिन्धुलीको भीमानमा प्र २–०४–००१ ट ००१० नम्बरको ट्याक्टरले दुईवटा मोटरसाइकललाई ठक्कर दिएको थियो ।

सिन्धुलीका प्रहरी प्रमुख एसपी राजकुमार सिलवालका अनुसार डगाबाट भीमानतर्फ जाँदै गरेको ट्याक्टरले विपरित दिशाबाट जाँदै गरेको बा ५८ पी ९१४१ र ना ११ प ५७५० नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो ।

बा ५८ पी ९१४१ नं को रौतहट गुजरा नगरपालिका–२ का ६३ वर्षीय रणे तामाङ र ना ११ प ५७५ नं को मोटरसाइकलका चालक मकवानपुरगढी गाउँपालिका मकवानपुरका ६३ वर्षीय विष्णु बहादुर थिङ घाइते भएका छन् ।

उनीहरुलाई मंगलबार उपचारका लागि सिन्धुली अस्पताल लगिएको तामाङको बिहान साढे ८ बजे मृत्यु भएको एसपी सिलवालले जानकारी दिए । सामान्य चोट लागेका थिङलाई उपचारपछि डिस्चार्ज गरिएको छ ।

ट्याक्टर चालक पुष्पलाल अधिकारीलाई नियन्त्रणमा लिई घटनाबारे अनुसन्धान भइरहेको एसपी सिलवालले जानकारी दिए ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको