काठमाडौं, माघ ५ गते ।
राजस्वअनुसन्धान विभागले क्षेत्रपाटीबाट कम्तीमा २ करोड रुपैयाँको स्रोत नखुलेको कारण ३ जनालाई पक्राउ गरेको छ ।
विभागका महानिर्देशक नवराज ढुंगानाका अनुसार अवैध रकमसहित पक्राउ पर्नेमा नरेश अग्रवाल र उनका सहयोगी रहेका छन् । हामी ‘बरामद रकम अझै गनिरहेका छौं’, उनले अनलाइन अनलाइनखबरलाई जानकारी दिए ।
ढुंगानाका अनुसार बरामद रकम हुण्डी लेनदेनको हुन सक्ने अनुमान गरिएको छ । अग्रवाल सूचना विभागमा थिए, जो क्रिप्टोकरेन्सी व्यापारमा पनि संलग्न थिए।
अग्रवालले कपडा व्यवसायको आडमा नेपालमा प्रतिबन्धित हुण्डी र क्रिप्टोकरेन्सीको कारोबार गरिरहेको विभागका अधिकारीहरुले बताएका छन् ।
पक्राउ परेकाहरुलाई शुक्रबार थप अनुसन्धानका लागि हिरासतमा राख्ने म्याद लिने तयारी विभागले गरेको छ ।
श्रोत onlinekhabar











