काठमाडौँ, पुस २३ गते ।
रसुवा सीमा प्रहरी चौकीका तत्कालीन प्रमुख खेम नेपाल भ्रष्टाचार मुद्दाबाट सफाइ पाएका छन् ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपालसहित तीन जना प्रहरी जवानविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र न्यायाधीश तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले सोमबार हुने फैसलामा सफाइ दिएको हो ।
उनीहरुमाथि चीनबाट आएको कन्टेनरका चालकबाट सुन लिएको आरोप छ । अख्तियारले २०७७ असार ५ गते तत्कालीन टिमुरे प्रमुखसहित चार प्रहरीविरुद्ध मुद्दा दायर गरेको थियो । बरामद भएको सुन बेचेर पैसा लिएको आरोप लागे पनि अख्तियारले बिक्री गरेको सुनको ठोस प्रमाण जुटाउन सकेको थिएन ।
श्रोत nepalpress









