काठमाडौँ, पुस ६ गते ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग श्रीलंकाका परराष्ट्रमन्त्री मोहम्मद उबियास मोहम्मद अली साब्रीले आज राष्ट्रपति भवनमा शिष्टाचार भेटघाट गर्नुभएको छ ।
सो अवसरमा उहाँहरुबीच नेपाल र लोकतान्त्रिक समाजवादी गणतन्त्र श्रीलंकाबीचको द्विपक्षीय सम्बन्ध, आपसी हित र चासोका विषयमा छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।









