धनुषामा एक अर्ब ३४ करोडको हुण्डी कारोबारको आरोपमा युवक पक्राउ


धनुषा । अवैध हुण्डी कारोबारमा संलग्न रहेको आरोपमा धनुषाबाट एक युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा शहीदनगर नगरपालिका–४ का २४ वर्षीय अजयकुमार मुखिया रहेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले विभिन्न मुलुक, विशेषगरी मलेसियाबाट अवैध रूपमा हुण्डी कारोबार भइरहेको सूचनाका आधारमा गरेको अनुसन्धानका क्रममा मुखियाले विभिन्न बैंक खातामार्फत एक अर्ब ३४ करोड ७८ लाख ३९ हजार १४४ रुपैयाँ बराबरको कारोबार गरेको खुलेको जनाएको छ।

धनुषा जिल्ला अदालतबाट पक्राउ अनुमति लिएर सीआईबी र जिल्ला प्रहरी कार्यालय धनुषाको संयुक्त टोलीले भदौ ३० गते साँझ शहीदनगर नगरपालिका–४ बाट मुखियालाई पक्राउ गरेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार मुखियाले विभिन्न समयमा व्यक्तिगत तथा व्यावसायिक बैंक खाताको प्रयोग गरी उक्त रकम बराबरको अवैध हुण्डी कारोबार गरेको अनुसन्धानबाट खुलेको हो।

पक्राउ परेका मुखियामाथि ‘हुण्डीसम्बन्धी कारोबार गर्न नहुने’ कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। साथै, कारोबारमा संलग्न अन्य व्यक्तिको खोजी तथा अनुसन्धानसमेत भइरहेको छ।

सीआईबीले अवैध तथा आपराधिक गतिविधिसम्बन्धी सूचना उपलब्ध गराउन सर्वसाधारणलाई अनुरोध गरेको छ। सूचनादाताको परिचय गोप्य राखिने ब्यूरोले जनाएको छ।gorkhapatraonline


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको