प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग गर्दै टेलिकम टावर चढेका युवकको सकुशल उद्धार


सर्लाही। सर्लाहीको मलंगवास्थित नेपाल टेलिकमको करिब ८० मिटर अग्लो टावरमा चढेका एक युवकको सकुशल उद्धार गरिएको छ।

गोडैता नगरपालिका–९ बकैनियाका २४ वर्षीय अफसर आलम हुसैन आइतबार बिहान टावरको सबैभन्दा माथिल्लो भागमा चढेका थिए। उद्धारका क्रममा उनले प्रहरीसँग ‘मेरो प्रेमिकालाई बोलाइदिनु, अनि मात्रै ओर्लन्छु’ भन्दै अडान लिएको प्रत्यक्षदर्शी तथा प्रहरी स्रोतले बताएका छन्।

हुसैन सर्लाही क्याम्पस, मलंगवामा बीबीएस अध्ययनरत विद्यार्थी रहेको खुलेको छ। प्रारम्भिक जानकारीअनुसार उनले प्रेमिकासँग विवाह गराइदिनुपर्ने माग राख्दै टावरमा चढेको बताइएको छ।

प्रहरीका अनुसार युवकसँग निरन्तर संवाद गर्दै कुनै अप्रिय घटना हुन नदिन उच्च सतर्कताका साथ उद्धार अभियान सञ्चालन गरिएको थियो। अन्ततः उनका आमाबुवाले सम्झाएपछि उनी सुरक्षित रूपमा तल ओर्लिएका हुन्।

घटनास्थलमा नेपाल प्रहरी, स्थानीयवासी तथा सम्बन्धित निकाय परिचालन गरिएको थियो। युवकलाई सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको