बर्दिबासमा मोटरसाइकल दुर्घटना: महिला र ५ वर्षीय बालकको मृत्यु, एक घाइते


९ पुस, महोत्तरी – महोत्तरीको बर्दिबास नगरपालिका-५ स्थित ढुङ्ग्रे गढन्ता भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक महिला र ५ वर्षीय बालकको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्।

दिउँसो करिब १ बजे ढुङ्ग्रे गढन्ताबाट बर्दिबासतर्फ आउँदै गरेको प्रदेश २-०२-००४ प ७६७६ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको जिल्ला प्रहरीले जनाएको छ। दुर्घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी पोस्ट माईस्थानबाट प्रहरी टोली घटनास्थलमा पुगेको थियो।

दुर्घटनामा मोटरसाइकल चालककी श्रीमती, बर्दिबास नगरपालिका-१० भालुझोरा निवासी करिब ३५ वर्षीया रश्मी बी.के.को घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा मोटरसाइकल चालक गोविन्द रसाइली बी.क.का छोरा करिब ३३ वर्षीय सुरेश रसाइलीको दाहिने खुट्टा भाँचिएको छ। उनको अवस्था मध्यम रहेको र बर्दिबासस्थित शुभ स्वास्तिक अस्पतालमा उपचार भइरहेको छ।

त्यसैगरी, मोटरसाइकलमा सवार चालकका दाजु रुपेश रसाइलीका छोरा करिब ५ वर्षीय रोमन रसाइली गम्भीर घाइते भएका थिए। उपचारकै क्रममा बालकको दिउँसो १:३० बजे मृत्यु भएको अस्पतालले जनाएको छ।

दुर्घटनाग्रस्त मोटरसाइकल प्रहरी नियन्त्रणमा लिइएको छ। घटनाबारे थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिबासबाट प्रहरी नायब उपरीक्षक विकास बमको कमाण्डमा प्रहरी टोली खटिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको