अंग्रेजी नयाँ वर्ष २०२६ मा गौतम होटल लालगढमा प्रमोद खरेलको लाइभ कन्सर्ट


धनुषा। अंग्रेजी नयाँ वर्ष २०२६ को अवसरमा धनुषाको लालगढस्थित गौतम होटलमा नेपालका चर्चित गायक प्रमोद खरेल तथा उनको व्याण्ड *परम्परा*को लाइभ सांगीतिक साँझ आयोजना हुने भएको छ। पुरानो अंग्रेजी वर्षको अन्तिम दिन पुस १६ गते साँझ ५ बजेदेखि सुरु हुने उक्त कार्यक्रम गौतम होटल लालगढमै आयोजना गरिने आयोजकले जानकारी दिएका छन्।

मधेस प्रदेशमा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आयोजना गर्न लागिएको कार्यक्रममा नेपालसँग जोडिएको भारतको बिहार राज्यका विभिन्न स्थानबाट करिब ५०० भारतीय पर्यटकको सहभागिता रहने आयोजकले बताएका छन्। विगतका वर्षहरूमा पनि सांगीतिक तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आएको गौतम होटलले यस वर्ष भने कार्यक्रमलाई अझ नयाँ स्वरूपमा आफ्ना ग्राहक तथा पर्यटकसमक्ष प्रस्तुत गर्ने तयारी गरेको छ।

निजी क्षेत्रको उल्लेखनीय लगानीमा आयोजना हुन लागेको भए पनि कार्यक्रम नाफामुखी उद्देश्यभन्दा बाहिर रही समग्र पर्यटन विकासमा दीर्घकालीन योगदान पुर्‍याउने विश्वास आयोजकको छ। कार्यक्रमको विशेष आकर्षणका रूपमा मधेस प्रदेशका मौलिक तथा स्वादिष्ट परिकार समेटिएका फुड स्टलहरू राखिने व्यवस्था गरिएको छ।

नाफा कमाउने उद्देश्यभन्दा बाहिर रही मधेसको पहिचान, मौलिक स्वाद र पाक–संस्कृतिलाई प्रवर्द्धन गर्ने लक्ष्यका साथ सञ्चालन हुने फुड स्टलमा कलैयाको चर्चित सेकुवा, चितवनको भेटघाट तास, रौतहट कटियारको माटोको भाँडामा पकाइएको मासु तथा जनकपुरको ललनको माछालगायतका परिकारहरू लागत दरमै स्वाद लिन पाइने आयोजकले जनाएका छन्।

कार्यक्रममा सहभागिताका लागि होटलले तीन तहको टिकट शुल्क तोकेको छ। पहिलो तहको टिकट रु. ५ हजार, दोस्रो तहको रु. ३ हजार ५ सय र तेस्रो तहको रु. २ हजार ५ सय निर्धारण गरिएको छ। उक्त टिकटमा कार्यक्रम अवलोकनसँगै तोकिएको प्याकेजअनुसार खाना, स्न्याक्स तथा ड्रिंक्सको समेत व्यवस्था रहने छ।

पर्यटन प्रवर्द्धनका लागि यस किसिमको कार्यक्रम यस क्षेत्रमै पहिलो पटक हुन लागेको जानकारहरू बताउँछन्। व्यवसायिक सफलतासँगै सामाजिक उत्तरदायित्वको क्षेत्रमा समेत गौतम होटलको योगदान उल्लेखनीय रहँदै आएको आयोजकको दाबी छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको