जनमत पार्टीबाट आन्तरिक अनुशासन उल्लंघन र आर्थिक अनियमितता मुद्दामा कडा कारबाही


९ वैशाख, काठमाडौं – जनमत पार्टीले आर्थिक अपचलन, नैतिक भ्रष्टाचार र पार्टी हितविपरीत गतिविधिमा संलग्न रहेकाहरूलाई कडा अनुशासनात्मक कारबाही गरेको छ। केन्द्रीय कार्यकारी समितिको निर्णयअनुसार केही पदाधिकारीहरूलाई निलम्बन गरिनुका साथै, उनीहरूमाथि छानबिन समेत भइरहेको छ।
पार्टीद्वारा जारी गरिएको विज्ञप्तिअनुसार, तत्कालीन उपाध्यक्ष दीपक कुमार साहले पार्टीको स्कुटी, गाडी तथा अन्य स्रोतहरू दुरुपयोग गरी ठूलो परिमाणमा खर्च तथा व्यक्तिगत लाभ लिएको पुष्टि भएको छ। पार्टीको नाममा विभिन्न व्यवसायबाट पैसा उठाएर सो पैसा न पार्टीको खातामा जम्मा गरिएको न त लेखा–जोखा नै प्रस्तुत गरिएको भन्ने गम्भीर आरोप पनि लागेको छ ।
त्यस्तै, केही व्यक्तिहरूले जनकपुरधामस्थित ‘मधेश आश्रम’ तथा इन्साइडर भन्ने होटल प्रयोग गरी पार्टीको नाममा भ्रम फैलाउने, यौन दुव्र्यवहार जस्ता आरोपहरू समेत लागेको छ। यसै सन्दर्भमा तत्कालीन कोषाध्यक्ष सुरेन्द्र नारायण यादवलाई जिल्ला अदालतको आदेशअनुसार पक्राउ गरिएको हो ।
पार्टीका प्रवक्ता डा. शरद सिंह यादवका अनुसार, सुरेन्द्र यादवले श्रीमती ललिता यादवको नाममा कोषाध्यक्षको हैसियत राख्दै पार्टीको रकम दुरुपयोग गरेका छन् भने जनकपुरधामस्थित मधेश आश्रमबाट धम्की दिने, गालीगलौज गर्ने, पार्टीको नाममा ट्रान्सफर गर्ने जस्ता कार्यमा संलग्न रहेको बताइएको छ।
पार्टीले यस घटनालाई गम्भीर रूपमा लिएको र आगामी दिनमा यस्ता गतिविधिहरू दोहोरिन नदिन थप कडा अनुशासन लागू गरिने जनाएको छ। साथै, पार्टी अध्यक्ष सी. के. राउत र पार्टीप्रति भ्रम सिर्जना गर्नेहरूप्रति सचेत रहन पनि कार्यकर्ता र समर्थकहरूलाई आग्रह गरिएको छ । 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको