अवैध बालुवा उत्खननमा संलग्न दुई ट्याक्टर नियन्त्रणमा, एक नगरपालिकामा बुझाइयो


२९ मंसिर, महोत्तरी। जिल्ला महोत्तरीको बर्दिवास नगरपालिकाका विभिन्न खोलाबाट अवैध रूपमा बालुवा उत्खनन गरी लोड गरिरहेको अवस्थामा दुई वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार मिति २०८२।०८।२८ गते बर्दिवास नगरपालिका-१४ स्थित भप्सी खोलाबाट ज.१ त. ६१८३ नम्बरको ट्याक्टर र मिति २०८२।०८।२९ गते बर्दिवास नगरपालिका-४ स्थित जंघा खोलाबाट ज.१ त. ८११६ नम्बरको ट्याक्टर अवैध बालुवा उत्खनन तथा ढुवानी गर्दै गरेको अवस्थामा इलाका प्रहरी कार्यालय बर्दिवास तथा मातहतबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको हो।

नियन्त्रणमा लिइएका दुवै ट्याक्टर इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएकोमा मिति २०८२।०८।२९ गते ज.१ त. ८११६ नम्बरको ट्याक्टरलाई आवश्यक कारबाहीका लागि बर्दिवास नगरपालिकाको कार्यालय, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।

ज.१ त. ६१८३ नम्बरको ट्याक्टरका सम्बन्धमा भने आवश्यक अनुसन्धान कार्य भइरहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको