पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढ्यो, डिजेल र मट्टितेल ४ रुपैयाँ घट्यो


२९ मंसिर, काठमाडौं। नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। भारतीय आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यसूचीअनुसार निगमले पेट्रोलको मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको हो।

निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने प्रतिलिटर ४ रुपैयाँ घटाइएको छ। समायोजित नयाँ मूल्य आजै राति १२ बजेदेखि लागू हुने जनाएको छ।

ढुवानी लागतका आधारमा देशका विभिन्न भागलाई तीन वर्गमा विभाजन गरी पेट्रोलियम पदार्थको बिक्री वितरण गर्दै आएको निगमले जानकारी दिएको छ।

नयाँ मूल्यसूचीअनुसार पहिलो वर्ग अन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा पेट्रोल प्रतिलिटर १६० रुपैयाँ ५० पैसा तथा डिजेल/मट्टितेल प्रतिलिटर १३९ रुपैयाँ ५० पैसा कायम गरिएको छ।

दोस्रो वर्ग अन्तर्गत सुर्खेत र दाङमा पेट्रोल प्रतिलिटर १६२ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १४१ रुपैयाँ पर्नेछ।

यस्तै, तेस्रो वर्ग अन्तर्गत काठमाडौं, पोखरा र दिपायलमा पेट्रोल प्रतिलिटर १६३ रुपैयाँ र डिजेल/मट्टितेल प्रतिलिटर १४२ रुपैयाँ कायम गरिएको निगमले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको