एजेन्सी । अवैध रूपमा संयुक्त राज्य अमेरिकामा रहेको आशंकामा झण्डै एक हजार आप्रवासी पक्राउ परेका छन् ।
उत्तरी टेक्सासमा ८४ जना आप्रवासीलाई पक्राउ गरिएको अमेरिकी अध्यागमन तथा भन्सार प्रवर्तन ९आईसीई० ले आइतबार राति एसोसिएटेड प्रेसलाई बताएको छ ।उनीहरुलाई आईसीईको डलासको क्षेत्रीय कार्यालयमा लगिएको आईसीईका प्रवक्ताले बताए ।
बिहीबारसम्म देशभर करिब एक हजार तीन सय जना आप्रवासीलाई पक्राउ गरिएको होमनले जानकारी दिए ।









