बर्दिवास । लायन्स क्लब अफ बर्दिवास समाजले नयाँ सदस्यहरु थपेका छन । लायन्स क्लब बर्दिवासले शनिवार बर्दिवासको दिपक पाटी प्यालेस होटलमा एक कार्यक्रमको आयोजना गरी नयाँ सदस्यलाई पदस्थापन गरेको हो ।लायन्स क्लबको पदस्थापना तथा परिचयात्मक कार्यक्रममा बोल्दै क्लबका गर्भनर पास्ट डिस्टीक्टस गर्भनर मधुकर उपाध्यायले क्लब समाजिक संस्था भएकाले राजनीति गर्ने व्यक्ति यसको सदस्य नहुने बताए । लायन्स क्लबको मुख्य उद्देश्य हामी सक्छौ भन्ने भावना रहेकाले क्लबले निःस्वार्थ भावनाले समाज सेवा गर्ने उनले बताए । कार्यक्रममा लायन्स क्लबका एल सि आइ एफ मल्टीपल कोअर्डीनेटर शम्भु घिमिरेज्यूले क्लब अन्तरराष्ट्रिय संस्था भएकाले यसले नेपालमा समेत विभिन्न सामाजिक कार्य गर्दै आएको जानकारी दिएका छन् ।कार्यक्रममा लायन्स क्लब अफ बर्दिवासका अध्यक्ष दीपक महताले आफनो कार्यकालमा लायन्स क्लबले सरसफाइ तथा वातावरण जर्गेनाका लागि वृक्षरोपण, लायन्स क्लबका गतिविधिबारे गोष्ठी, तालीम र सेमिनार गरेको बताएका छन् । साथै क्लबले विधिन्न समयमा स्वास्थ्य सेवामा सहकार्य समेत गरेको थियो । आजको कार्यक्रममा ११ जना नया लायन्स र ४२ जना नया लियाउ सदस्यहरु थप गरी उनिहरुलाइ क्लवको नियम अनुसार सपथ गराइएको थियो । प्रदेश सभा सदस्य मा. शारदा देवी थापाको प्रमुख आतिथ्य, वर्दिवास नगरप्रमख प्रल्हाद क्षेत्रिको विशेष आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।सबैको लागि हामी संस्थाले बर्दिबास अस्पताललाई रु १४ लाख बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । उक्त सामाग्री संस्थाका अध्यक्ष रवि निरौलाले नगर प्रमुख प्रल्हाद क्षेत्री मार्फत अस्पताल समिति अध्यक्ष जय नारायण शर्मालाई हस्तान्तरण गरियो ।











