
काठमाडौं, साउन ८ । सुदूरपश्चिममा तीन दिनसम्म बाढीको जोखिम रहने अनुमान गरिएको छ ।
वर्षाका कारण महाकाली र कर्णाली नदीमा पानीको बहाव बढ्दै गएकाले ती क्षेत्रमा बाढीको जोखिम बढेको जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ ।
यी दुई नदी र तिनका सहायक नदीमा अझै तीन दिन बाढीको जोखिम बढेको महाशाखाले जनाएको छ ।
बाढी पूर्वानुमान महाशाखाले बाढीको जोखिम भएकोले तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन सूचित गरेको छ ।
यसका साथै रामेछाप, दोलखा, सिन्धुपाल्चोक, नुवाकोट, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर, भक्तपुर, मकवानपुर, लमजुङ, कास्की, पर्वत, सल्यान, सुर्खेत, दैलेख, अछाम र आसपासका जिल्लाबाट बग्ने अधिकांश साना नदीमा आज बहाव बढ्नेछ । र केही साना नदीहरूमा अचानक बाढीको मध्यम जोखिम रहने अनुमान गरिएको छ।