काठमाडौं, साउन ४ । त्रिशूलीमा बेपत्ता भएका दुई डिलक्स बसका २४ यात्रुको शव भेटाएको छ । भारतको पश्चिम चम्पारणमा दुई जनाको शव फेला परेको छ । भारतीय सीमा सुरक्षा बलसँगको समन्वयमा दुवै जनाको शव नेपाल ल्याइसकेको छ ।
असार २८ मा चितवनको भरतपुर महानगरपालिका–२९ स्थित सिमलतालबाट काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश–०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स र वीरगन्जबाट काठमाडौँतर्फ आउँदै गरेको बागमती प्रदेश–०३–००६ ख १५१६ नम्बरको एन्जल डिलक्स त्रिशूलीमा खसेका हुन् ।
सशस्त्र प्रहरीका अनुसार ९ जनाको सनाखत हुन सकेको छैन । सात पुरुष र दुई महिलाको शव पहिचानको प्रयास भइरहेको डिएसपी थापाले बताए । रातोपाटी










