कुकुर मारेको भन्दै छोराले ढुंगा प्रहार गरि गरे बाबुको हत्या


काठमाडौँ, साउन २ । नवलपरासी पूर्वमा छोराले ढुंगा प्रहार गरी बाबुको हत्या गरेका छन् ।

बुधबार बिहान साढे ११ बजे कावासोती नगरपालिका–५ ठकुरीचोकेमा बाबु–छोराबीच झगडा हुँदा छोराले ढुंगा प्रहार गरि ४३ वर्षीय बुवा प्रेम कुमालको मृत्यु गरेको हो ।

जिल्ला प्रहरी कार्यालयका डिएसपी बेद पौडेलका अनुसार घरमा पालेको कुकुरलाई पिटेको विषयमा प्रेम र उनका १८ वर्षीय छोरा निरजनबीच झगडा भएको थियो । प्रेमले गर्दा घरपालुवा कुकुरको हत्या भएको छ ।

सोही विषयमा विवाद हुँदा निराजनले बुबामाथि ढुंगा हानेको डिएसपी पौडेलले बताए ।

उनका अनुसार प्रेमको टाउकोमा ढुंगा लाग्दा घटनास्थलमै मृत्यु भएको थियो ।

घटनाको जानकारी पाएलगत्तै प्रहरी निरीक्षक विक्रम रिजालको नेतृत्वमा सात जनाको टोली परिचालन गरिएको छ । टोलीले छोरा निराजनलाई पक्राउ गरेको छ ।

प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु गरेको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको