फ्रान्सको प्रधानमन्त्रीले दिए राजीनामा


पेरिस, असार २४ । फ्रान्समा चुनावी नतिजा आएपछि उत्पन्न गतिरोधबिच प्रधानमन्त्री गेब्रियल एटेलले राजीनामा दिएका छन् । राष्ट्रपति इमानुएल म्याक्रोँले एटलको राजीनामा अस्वीकार गरेका छन् ।

म्याक्रोँले उनलाई प्रधानमन्त्रीकै रुपमा रहन आग्रह गरेका छन् । उनले देशको स्थायित्वका लागि प्रधानमन्त्री रहनु आवश्यक रहेको बताए । फ्रान्सको आम निर्वाचनमा म्याक्रोनको पार्टी दोस्रो स्थानमा आएपछि एटलले राजीनामा बुझाएका हुन् ।

उनले आइतबार नतिजा आएलगत्तै राजीनामा दिने बताएका थिए । फ्रान्समा भएको दोस्रो चरणको आम निर्वाचनमा वाम गठबन्धन–नयाँ पपुलर फ्रन्टले सबैभन्दा बढी सिट जितेको छ भने पहिलो चरणमा नराम्ररी पछाडि परेको म्याक्रोँको पार्टीले अपेक्षाभन्दा राम्रो प्रदर्शन गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

पहिलो चरणमा सबैभन्दा बढी मत प्राप्त गर्ने अति दक्षिणपन्थी नेशनल र्‍याली पार्टी तेस्रो स्थानमा आएको छ । तर यी तीन दलमध्ये कुनै पनि दलको बहुमत नभएकाले त्रिशङ्कु संसदको अवस्था सिर्जना भएको छ । रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको