धनुषामा आठ दिनदेखि बेपत्ता एक युवती मृत फेला


Deep Diamond

धनुषा, असार २ । धनुषामा आठ दिनदेखि बेपत्ता एक युवती मृत फेला परेकी छन् ।

क्षीरेश्वरनाथ नगरपालिका–५ महेन्द्रनगरकी २८ वर्षीया रुबी यादवको शव कुहिएको अवस्थामा फेला परेको छ ।

हराएका यादवको खोजी सुरु भएपनि प्रहरीले गएराति यादवको शव मिथिला नगरपालिका–५ स्थित औरही सामुदायिक वनमा फेला पारेको हो ।

उनको शव फेला परेपछि प्रहरीले हत्याको आशंकामा श्रीमानलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको छ ।

यो पनि : https://talknepaltv.com/2024/06/13/18492/


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको