धनुषाबाट एक महिला ६ दिनदेखि बेपत्ता


जनकपुरधाम, जेठ ३१ । धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–५ सखुवा महेन्द्रनगरकी २८ वर्षीया रुवि यादव ६ दिनदेखि बेपत्ता छिन् ।

रुवीका भाइ अनितले दिदीको खोजी गर्न स्थानीय प्रहरी कार्यालय सखुवा महेन्द्रनगरमा निवेदन दिएका छन् । उनका अनुसार रुविको श्रीमान् राजु यादवसँग लगातार झगडा हुँदै आएको थियो ।

सम्पर्कविहीन हुनुभन्दा पाँच दिनअघि पनि राजुले कुटपीट गरेपछि विवाद प्रहरी कार्यालयसम्म पुगेको थियो ।

गत शुक्रबार रुवि र उनका श्रीमान खाना खाएर सुत्न गए, तर शनिबार बिहानदेखि रुवि भेटिएकी छैनन् ।

राजु गत बुधबारसम्म सम्पर्कमा थिए । प्रहरीले बोलाएर ल्याइदिन भनेपछि रुविका भाइ अनितले उनलाई स्थानीय प्रहरी कार्यालयमा लगे । त्यहाँबाट उनी बेपत्ता भएको अनितले बताए ।

रुवि बेपत्ता भएको उजुरी आएपछि उनको घर र अन्य सम्भावित ठाउँमा खोजी भइरहेको प्रहरी निरीक्षक सोनु साहले बताए ।  onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको