असार १ । टी–२० विश्वकपमा नेपालले दक्षिण अफ्रिकासँग एक रनले पराजित भएर इतिहास रच्न सकेन । आईसीसी टी–२० विश्वकपको अन्तिम आठमा प्रवेश गर्ने सम्भावना कायम राख्न दक्षिण अफ्रिकासँगको खेलमा नेपाल १ रनले पराजित भएको छ ।
११६ रनको लक्ष्य पछ्याएको नेपाललाई जितका लागि अन्तिम बलमा २ रन र सुपर ओभरमा पुग्न १ रन चाहिएको थियो तर गुलसन झा रनआउट भएपछि नेपाल १ रनले पराजित भएको हो।
अन्तिम ओभरमा गुल्सनले ६ रन लिए र चार बल डट खेले।
नेपालका लागि ओपनर आशिफ शेखले ४२ रन बनाए । उनले ४९ बलमा ४ चौका र १ छक्का प्रहार गरे ।
अनिल साहले २४ बलमा ३ चौका र १ छक्का प्रहार गर्दै २७ रन बनाए ।
ओपनर कुशल भुर्तेलले २१ बलमा १ चौका र १ छक्का प्रहार गर्दै १३ रन बनाए ।
कप्तान रोहित पौडेल शून्य रनमा आउट भए भने दिपेन्द्र सिंह ऐरीले ६ रन बनाए ।
सोमपाल कामी ८ रन बनाएर नटआउट रहे ।
बलिङतर्फ दक्षिण अफ्रिकाका तबरेज शम्शीले ४, एनरिच नोर्टजे र एडेन मकरामले १–१ विकेट लिए ।
त्यसअघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रिकालाई नेपालले १ सय १५ रनमा ७ विकेट लिएको थियो ।
नेपालका लागि कुशल भुर्तेलले ४ र दीपेन्द्र सिंह ऐरीले ३ विकेट लिए ।
दक्षिण अफ्रिकाका लागि रिजा हेन्ड्रिक्सले ४९ बलमा ५ चौका र १ छक्का प्रहार गर्दो ४३ रन बनाए ।
क्वीन्टन डिककले १०, कप्तान एडन मक्रमले १५, हेनरिक क्लासेनले ३ र डेभिड मिलरले ७ रन जोडे । मार्को जनसेनले १ रन र कागिशो रबाडाले शून्य रन बनाए भने ट्रिस्टन स्टुब्सले २७ रन बनाएर नटआउट रहे ।
हारसँगै एक खेल बाँकी रहँदा अन्तिम आठमा प्रवेश गर्न सकेन ।
नेपाल समूह ‘डी’मा रहेको अन्तिम खेल बंगलादेशसँग खेल्नेछ।









