भाजपा गठबन्धनले २९३ सिट जित्यो, भाजपाको नेतृत्वमा गठबन्धन सरकार बन्ने


जेठ २४ । भारतमा १८ औं लोकसभा निर्वाचनको मतगणना सकिएको छ ।

निर्वाचन आयोगका अनुसार भाजपा नेतृत्वको सत्तारुढ गठबन्धन (एनडीए)ले २९३ सिट जितेको छ । त्यस्तै कांग्रेस नेतृत्वको विपक्षी गठबन्धन (इण्डिया)ले २३१ सिट जितेको छ ।

भाजपा एक्लै बहुमत ल्याउन असफल भएको छ । भाजपाले एक्लै जितेको सिट संख्या २४० हो। सन् २०१९ मा भाजपा एक्लैले ३०३ सिटका साथ बहुमत हासिल गरेको थियो।

२०१९ मा ५२ सिटमा सीमित कांग्रेस एक्लैले ९९ सिट जितेको छ। समाजवादी पार्टी (सपा) ले ३७ सिट जितेको छ । त्रिणमुल कांग्रेस (टीएमसी) ले २९ सिट जितेको छ ।

बहुमत प्राप्त गर्न २७२ सिट आवश्यक भए पनि कुनै पनि दलले एकल बहुमत जित्न सकेन ।

तर, भाजपा सबैभन्दा ठूलो दल बनेकाले उनको नेतृत्वमा गठबन्धन सरकार बन्नेछ । भाजपा नेता नरेन्द्र मोदीले सरकारको नेतृत्व गर्नेछन्।

*मोदीले नेहरूसँग बराबरी गरे

मोदीले २०१४ देखि २०१९सम्म र २०१९ देखि २०२४ सम्म लगातार दुई कार्यकाल सरकारको नेतृत्व गरिसकेका छन्। अब उनले तेस्रो कार्यकालका लागि सरकारको नेतृत्व गर्नेछन् ।

भारतीय जनता पार्टीका अध्यक्ष जेपी नड्डाले नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्ने बताएका छन् । जनताले २०२४ मा नरेन्द्र मोदीलाई आशीर्वाद दिएका छन्। नरेन्द्र मोदी तेस्रो पटक प्रधानमन्त्री बन्दै हुनुहुन्छ, “नड्डाले भने।

मोदी लगातार तीन कार्यकाल प्रधानमन्त्री हुने भारतमा दोस्रो नेता हुन्। यसअघि पनि जवाहरलाल नेहरूकै नाममा यस्तो कीर्तिमान थियो ।

*हामी नयाँ संकल्पका साथ बढ्ने छौं-मोदीले भने

भाजपा नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले तेस्रो पटक बहुमत दिएकोमा जनताप्रति आभार व्यक्त गरेका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘देशका जनताले लगातार तेस्रो पटक एनडीएमा विश्वास व्यक्त गरेका छन् । यो भारतको इतिहासमा अभूतपूर्व क्षण हो। ‘म देशवासीलाई यो विश्वास दिलाउँछु कि उनीहरुको आकांक्षा पूरा गर्नका लागि नयाँ ऊर्जा, नयाँ उमंग र नयाँ संकल्पका साथ अघि बढ्ने छौं ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको