टी–२० विश्वकपमा आज नेपालले नेदरल्यान्ड्ससँग खेल्ने


डालस, जेठ २२ । आईसीसी टी–२० विश्वकप २०२४ मा नेपालले आज नेदरल्यान्ड्ससँग खेल्नेछ । खेल अमेरिकाको डलासस्थित ग्रान्ड प्रेरी क्रिकेट स्टेडियममा नेपाली समय अनुसार राति ९:१५ बजे सुरु हुनेछ ।

सुपर ८ मा पुग्ने लक्ष्यमा राखेको नेपाललाई पहिलो खेलमा जित निकै आवश्यक छ । समूह डी मा नेपाल, नेदरल्याण्ड्स, श्रीलंका, बंगलादेश र दक्षिण अफ्रिका छन् । समूह डी को पहिलो खेलमा श्रीलंका दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो ।

ग्राण्ड प्रेरीमा जारी टी–२० विश्वकपमा नेपाल र नेदरल्याण्ड्सबीचको दोस्रो खेल हुँदैछ । यसअघि पहिलो खेल क्यानडा र अमेरिकाबीच भएको थियो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य अमेरिकाले १७.४ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो । अमेरिकाका आरोन जोन्सले ४० बलमा १० छक्का प्रहार गर्दै ९४ रनको विस्फोटक पारी खेले । क्यानडाविरुद्धको अभ्यास खेलमा नेपालले १ सय ८४ रनको लक्ष्य पछ्याउँदा १२० रनमा अलआउट भएको थियो ।

ग्राण्ड प्रेरी ब्याटिङ सहयोगी हुँदा नेपाल लक्ष्य पछ्याउन खोज्नेछ । नेपालका दीपेन्द्रसिंह ऐरी प्रमुख अलराउण्डर हुन् । दीपेन्द्रले ब्याटिङ, बलिङ र फिल्डिङ तीनै क्षेत्रमा सानदार प्रदर्शन गर्दै आएका छन् । दीपेन्द्रलाई अन्य खेलाडीले साथ दिनुपर्ने हुन्छ । शीर्षक्रमको ब्याटिङ नचल्नु नेपालको कमजोरी देखिदै आएको छ ।

ओपनर कुशल भुर्तेल र आसिफ शेखले राम्रो सुरुवात दिन आवश्यक छ । लगातार खराब प्रदर्शनमा पनि टोलीले यी दुई ओपनरमा नेपालले साथ दिएको छ । त्यो विश्वास विश्वकपमा प्रमाणित गर्ने अवसर र चुनौती दुवै छ ।

दीपेन्द्रसिंह ऐरी टोलीमा फर्किदा सन्दीप जोरा र अनिल कुमार साह मध्ये एक बाहिर हुनुपर्छ । अनिलले अभ्यास खेलमा राम्रो गर्दै आएका छन् । अर्कोतर्फ ओपनरको राम्रो लय नहुँदा तेस्रो नम्बरमा अनिलले खेल्ने सम्भावना बलियो छ ।

तीव्र गतिका बलर प्रतिश जि।सी र कमलसिंह ऐरी बेन्चमा हुने निश्चित जस्तै छ । सन्दीप जोरा र सागर ढकाल पनि बाहिर हुने सम्भावना छ । पहिलो रोजाइका स्पिनर ललितका साथ नेपाल अघि बढ्न सक्छ । डेथ ओभर नेपालको कमजोरीको रुपमा रहँदै आएको छ । डेथ ओभरका प्रमुख बलर अभिनाश बोहराले अतिरिक्त जिम्मेवारी लिनुपर्छ ।

उता नेदरल्यान्ड्स शीर्षक्रमका ब्याटर माइकल लेभिट, म्याक्स ओडाउड र बास डि लिडेमा बढी निर्भरछ । गत मार्चमा त्रिकोणात्मक सिरिजमा लेभिटले टीयु मैदानमा नेपालसँग तीनमध्ये दुई खेलमा अर्धशतक र नामिबियाविरुद्ध शतक हान्नै सिरिज जितेका थिए ।

विष्फोटक ब्याटर लेभिट र ओडाउडको विकेट समयमै लिन सके नेपाल खेलमा हाबी बन्न सक्छ ।

नेदरल्यान्ड्सले पार्मअप खेलमा श्रीलंकाविरुद्ध १८१ रन बनाउँदै २० रनको जित हात पारेको थियो । नेदरल्यान्ड्सको मध्यक्रममा स्कट एडवार्ड्स, तेजा निणामानिरु र साइब्राण्ड एंगलब्रेक्ट हुनेछन् ।

नेदरल्यान्ड्सको स्पिन आक्रामण तुलनात्मक रुपमा कमजोर मानिन्छ । तीव्र गतिका बलर पल भान मार्केन, बास डि लिडे र कायल केलिन खेल्ने सम्भावना छ ।

गत मार्चमा नेपाललाई त्रिकोणात्मक सिरिजको फाइनलमा ४ विकेटले हराउन नेदरल्यान्ड्सले १८५ रनको लक्ष्य १९.३ ओभरमा पूरा गरेको थियो । उक्त नतिजाले नेदरल्यान्ड्को मनोबल केहि बलियो छ ।

हेड टु हेड

नेपाल र नेदरल्याण्ड्सबीचको टी–२० आईमा १२ खेल भएका छन् । नेपालले ५ खेल जितेको छ भने ६ खेलमा हार बेहोरेको छ भने १ खेलको नतिजा आएको छैन । नेपालले जितेका ५ मध्ये ३ खेल घरेलु मैदानमा छन् ।

“विगत १० वर्षदेखि हामीले विश्वकप खेलेका छैनौं। नेपाल क्रिकेटका लागि धेरै महत्त्वपूर्ण छ। विश्वकप खेल्ने हामी सबैको सपना थियो। हामीले नेदरल्यान्ड्ससँग त्यो अवसर पायौं। हामीसँग पनि जिम्मेवारी छ। ’, नेपालका कप्तान रोहित पौडेलले नेदरल्यान्ड्सविरुद्धको खेलअघि भने । “अमेरिका र क्यानडा बीचको खेल पछि, यो एक राम्रो नर्भस रातको अनुभव जस्तै भएको छ।”

नेदरल्याण्ड्सका प्रशिक्षक रायन कुकले नेपाल अहिले राम्रो टिम रहेको बताउँदै विश्वकपका हरेक खेल ठूलो खेल हुने बताए ।

नेपालसँगको पछिल्लो शृङ्खलाबाट हाम्रो टोलीमा केही परिवर्तन भएका छन् । उपलब्ध खेलाडीहरू आइसकेका छन्। केही नयाँ खेलाडी पनि छन् । onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको