यो साता सुनको भाउ प्रतितोला ५ हजार ३ सयले वृद्धि


Deep Diamond

काठमाडौँ , १९ जेठ । यो साता नेपाली बजारमा सुनको भाउ तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको छ । गत साता शुक्रबारको तुलनामा ५ हजार ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

गत साता शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार ९ सय रुपैयाँ थियो । त्यस्तै तेजबी सुनको मूल्य प्रतितोला १ लाख ३६ हजार २५० रुपैयाँ कायम थियो । त्यस्तै, यो साता शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ४२ हजार २ सय र तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ४१ हजार ५ सय रुपैयाँ कायम रहेको छ । तोलामा ५ हजार ३ सय रुपैयाँले बढेको हो ।

यो साता नेपाली बजारमा सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । नेपालमा सुनको भाउ अझै प्रतितोला १ लाख ४२ हजार २०० रुपैयाँ पुगेको थिएन । त्यस्तै, यो साता चाँदीको भाउ तोलामा २० रुपैयाँले बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार गत साता शुक्रबार चाँदीको मूल्य प्रतितोला १८ सय ५५ रुपैयाँ थियो । यस साताको शुक्रबारसम्मको अवधिमा १८ सय ७५ रुपैयाँ कायम भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको