३०औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कमरिता शेर्पा काठमाडौंमा


काठमाडौं, जेठ ११ ।  ३०औं पटक सगरमाथाको सफल आरोहण गरी कीर्तिमान कायम गरेका कमरिता शेर्पा काठमाडौं आइपुगेका छन् । कीर्तिमान पर्वतारोही शेर्पा शुक्रबार काठमाडौं आइपुगेका छन् ।

शेर्पालाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ ।

वैशाख ३० गते आइतबार ३० औं पटक सगरमाथाको चुचुरोमा पुगेर शेर्पाले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान बनाएका थिए ।

सोलुखुम्बु थामेका ५४ वर्षीया कामीरिताले सन् २०५१ मा पहिलो पटक सगरमाथा आरोहण गरेका थिए । सबैभन्दा धेरै पटक सगरमाथा आरोहण गरेर कीर्तिमान कायम बनाउने विश्वकै एक मात्र शेर्पा गाइड तथा पर्वतारोहीको परिचय बनाएका कामीरिताले पछिल्लो समय आफ्नै रेकर्ड तोड्दै आएका छन् । रातोपाटि


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको