काठमाडौं, वैशाख ३० गते ।
कीर्तिमान आरोही कामीरिता शेर्पाले आफ्नै कीर्तिमान रेकर्ड तोड्दै २९ औं पटक सगरमाथा आरोहण गरेका छन् । आज बिहान ७ बजेर २५ मिनेटमा कामरिताले २९ औं पटक सगरमाथाको सफल आरोहण गरेका हुन् ।
विक्रम संवत् २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएकी कामीरिताले सन् १९९२ देखि सगरमाथा आरोहण गर्न थालेका कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायतका हिमाल आरोहण गरेका छन् ।
कामीरिताले सन् २०२३ मा २८ औं र २७ औं पटक सगरमाथाको सफल आरोहण गरेका थिए । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थिए ।
मे १३, १९९४ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताले ८ हजार मिटरको अग्लो चुचुरो आरोहणको कीर्तिमान राखिन् ।
(रातोपाटि)