चोरी तथा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको प्रहरी चौकीका प्रमुखबाटनै अवैध


रौतहट, वैशाख ४ गते ।

चोरी तथा तस्करी नियन्त्रणको जिम्मेवारी पाएको चन्द्रपुरको एक प्रहरी चौकीका प्रमुखबाटनै अवैध कार्यभएको छ । इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर अन्तर्गतको प्रहरी चौकी सन्तपुरका प्रमुख प्रहरी सहायक निरीक्षक दीनानाथ प्रसाद यादवले असुली धन्धा लगायतका काठ गायब गरेको आरोप छ ।

साझा सहकारी संस्था लिमिटेडको भबनमा अस्थायीरुपमा रहँदै आएको प्रहरी चौकी सन्तपुरका प्रहरी सहायक निरीक्षक यादवले संस्थामा रहेको पुरानो काठनै गायब गरिदिएको आरोप लागेको छ । प्रहरी सहायक निरीक्षक यादवले संस्थाको काठबाट फर्निचर बनाएर पटक पटक उनले आफनो घर पुरयाएको र अन्तिम पटक लैजाने तयारी गरेको समयमा स्थानीयले रोकेपछि यसको उजागार भएको चन्द्रपुर नगरपालिका वडानम्बर ८ का अध्यक्ष जीतेन्द्र चौधरीले बताए ।

असुली धन्धाको आरोप उनीमाथि लाग्दै आएको र माथिल्लो निकायलाई जानकारी गराउदा समेत बेवास्ता हुदै आएको वडाअध्यक्ष चौधरीले बताए । प्रहरी चौकीको भवन निर्माणाधीन रहेकाले संस्थाले अस्थायी रूपमा आफ्नो भवनको कोठा प्रहरीलाई स्टेशन सञ्चालनका लागि दिएको थियो ।

उक्त संस्थाका अध्यक्ष एवं चन्द्रपुर नगरपालिकाका पूर्व प्रमुख रामचन्द्र चौधरीले जुन संस्थाले आश्रय दिएको छ त्यही संस्थाको सम्पत्ति गायब बनाउनु उचित नभएको बताए । प्रहरी सहायक निरीक्षक यादवले खोलाबाट माटो, पाङ्गो बोकेको ट्र्याक्टरका धनीसँग अनधिकृत लाभ समेत उठाउँदै आएको आरोप यसअघिदेखिनै लाग्दै आएको थियो ।

प्रहरी सहायक निरीक्षक दीनानाथ यादवले भने आफूले राम्रो काम गरेपछि विभिन्न लान्छाना लगाउने काम भएको छ । उनले वडाले गस्तीका लागि १० लिटर इन्धन दिने भएको त्यतिले अपुग रहेको समेत उहाँले बताउनुभयो ।

(Aagyakhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको