जास्पाका पूर्व सांसद साहमाथि सर्लाहीमा आक्रमण, ३ जना पक्राउ


काठमाडौं, वैशाख ३ गते ।

जनता समाजवादी पार्टी (जसपा)का पूर्व सांसद प्रमोद साहमाथि सर्लाहीमा आक्रमण भएको छ । सर्लाहीको हरिपुर नगरपालिका–६ मा आइतबार राति उनीमाथि आक्रमण भएको हो ।

आक्रमणबाट पूर्व सांसद साहको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका एसपी रवीन्द्रबहादुर सिंहले जानकारी दिए । दिउँसो करिब १२ बजे मकै बालीमा पानी लगाएर घर फर्कने क्रममा उनीमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

सुरुमा पूर्व सांसद साहका कार्यकर्ता राजेन्द्र महतोमाथि आक्रमण भएको थियो । त्यसपछि पूर्वसांसद साहमाथि पनि आक्रमण भएको प्रहरीले जनाएको छ ।

आक्रमणमा रवि पासवान र निकेश शाह पनि घाइते भएका छन् । आक्रमणमा परी घाइते भएका साहको सुरुमा हरिपुरस्थित अमृत हेल्थकेयरमा उपचार भएको थियो । शाह थप उपचारका लागि काठमाडौं आउने तयारी भइरहेको र अवस्था खतरामुक्त रहेको एसपी सिंहले जानकारी दिए ।

कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा आर्यन चौधरी, सिद्धान्त चौधरी र सरोज माझी रहेका छन् ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको