छुरा प्रहार गरी जनकपुरधाममा एक युवकको हत्या


Deep Diamond

जनकपुर । छुरा प्रहार गरी जनकपुरधाममा एक युवकको हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका ४ विश्वकर्मा टोलमा महोत्तरीको भटौरियाका २० वर्षीय प्रीतकुमार महासेठलाई छुरा प्रहार गरी हत्या भएको प्रहरीले जनाएको छ ।

प्रत्यक्षदर्शीका अनुसार, उक्त समूहले प्रीतकुमारलाई लखेटी लखेटी छुरा हानेका थिए । उपचारका लागि प्रादेशिक अस्पताल पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

धनुषा प्रहरीले हत्याबारे अनुसन्धान सुरु गरेको र हत्यामा संलग्नहरुको खोजी भइरहेको बताएको छ ।

 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको