सुन अनुसन्धान आयोगले साढे ५ महिनामा प्रतिवेदन बुझायो


काठमाडौं, चैत १ गते । 

सुन तस्करी अनुसन्धान आयोग गठन भएको साढे ५ महिनामा प्रतिवेदन बुझाएको छ । आयोगका अध्यक्ष डिल्लीराज आचार्यले बिहीबार सिंहदरबारमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई प्रतिवेदन हस्तान्तरण गरेका हुन् ।

आयोगले हङकङबाट तस्करी भएको ६० किलो सुन र दुबईबाट ल्याइएको सुन इलेक्ट्रोनिक चुरोट ‘भेप’मा लुकाएर करिब साढे ५ महिनादेखि अध्ययन अनुसन्धान गरेको थियो ।

गत असोज १ गते मन्त्रिपरिषद्ले सुनको अवैध आयात (तस्करी) नियन्त्रणका लागि छानबिन आयोग गरेको थियो । आयोगको सदस्यमा पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापा, पूर्व सहसचिव किशोरजंग कार्की र पूर्व सहसचिव प्रेमराज जोशी थिए ।

सुरुमा ३ महिना दिइएको आयोगको म्याद दुईपटक थपिएको थियो ।

(रातोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको