भारतीय व्यापारी अपहरणका मुख्य योजनाकार राजन परे पक्राउ


जनकपुरधाम, फागुन २६ गते ।

भारतीय व्यापारीको अपहरण गरी नेपाली भूमिमा फिरौती असुल्ने गिरोहका मुख्य नाइके पक्राउ परेको प्रहरीले दावी गरेको छ ।

मधेस प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रहरी कार्यालय मोरङको संयुक्त टोलीले बुधबार विराटनगरको कञ्चनवारीस्थित खड्का होटलबाट करिब ४० वर्षीय राजेश भनिने राजन माझीलाई पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मोरङका डिएसपी राजन दाहालका अनुसार उनी अन्य अपहरण र फिरौती असुलीबाहेक अन्य अपराधिक घटनामा पनि संलग्न रहेको पाइएको छ ।

उनीविरुद्ध अदालतमा चोरीका चारवटा डाँकाचोरीको मुद्दा अदालतमा चलिरहेको छ । डकैती मुद्दामा फरार रहेका उनलाई गत बिहीबार मोरङको जिल्ला अदालतमा पक्राउ गरी पेश गरिएको डिएसपी दाहालले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार गत पुस र माघ महिनामा भारत बिहारको सितामढी जिल्ला सोनवर्षा बजारका दुईजना व्यवसायीलाई अपहरण गरेको घटनाका राजन मुख्य नाइके हुन् ।

फिरौती माग्नेको मोबाइलमा आवाज उनैको जस्तो देखिएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले बताए ।

सोनवर्ष बजारका इँटाभट्टा व्यवसायी ३४ वर्षीय अभिषेक कुमार माघ १६ गते अपहरणमा परेका थिए। अपहरणकारी गिरोहले उनलाई नेपाल ल्याएर तीन करोड रुपैयाँबाट बार्गेनिङ गरेको थियो । तर अन्तमा ५० लाख भारतीय रुपैयाँ फिरौती लिएर माघ २६ गते बिहान सर्लाहीको संग्रामपुर स्थित नेपाल भारत सीमा नजिक मुक्त गरेका थिए ।

सोनर्षका लागुऔषध कारोबारी कामेश्वर राईलाई पनि सोही गिरोहले डिसेम्बरमा २ गते अपहरण गरी नेपाल ल्याएको थियो । पाँच दिनपछि ३० लाख वा ४८ लाख नेपाली रुपैयाँ फिरौती लिएर उनलाई ७ डिसेम्बरमा अपहरणकारीले महोत्तरीको सम्सीबाट मुक्त गरेको थियो ।

अपहरणका दुवै घटनामा उनको गिरोह संलग्न रहेको अनुसन्धानबाट खुलेको छ । फोनमा फिरौती मागेको भ्वाइस पनि उनको नै हो जस्तो छ । उनी खतरनाक अपराधी हुन्,’ डीएसपी गिरीले बताए ।

उनका अनुसार पक्राउ परेका राजनविरुद्ध विराटनगरमा केही फौजदारी मुद्दा रहेकाले त्यहाँको कारबाहीपछि महोत्तरी ल्याएरशरीर बन्धक मुद्दा चलाइने छ । उनीमाथि थप अनुसन्धान गर्नुपर्ने डिएसपी गिरीले बताए ।

onlinekhabar


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको