आकाश चन्दले लिए हङकङको दोस्रो विकेट


काठमाडौं, फागुन २६ गते ।

मैत्रीपूर्ण टी-२० क्रिकेटमा नेपालले हङकङको दोस्रो विकेट लिएको छ।

हङकङमा जारी खेलको तेस्रो ओभरमा नेपालका लागि डेब्यु गरेका आकाश चन्दले मार्टिन कोइत्जीको विकेट लिए । पाँचौं ओभरमा चन्दले मार्टिनलाई आउट गरे। उनी ३१ रन बनाएर आउट भए ।

यसअघि तेस्रो ओभरमा नेपालका आरिफ शेखले निजाकत खानलाई शून्य रनमा आउट गरेका थिए ।

हङकङले सातौं ओभरमा दुई विकेट गुमाएर ५१ रन बनाएको थियो ।

त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली बिहीबार हङकङ गएको छ ।

नेपाल, हङकङ र पपुवा न्युगिनीबीच यही फागुन २७ गतेदेखि त्रिकोणात्मक टी(२० आई सिरिज सुरू हुँदैछ।

त्यसअघि नेपालले आज हङकङसित एउटा मैत्रीपूर्ण खेलिरहेको हो।

त्रिकोणात्मक सिरिजमा नेपालले पहिलो खेल फागुन २७ गते हङकङसँग खेल्ने छ।

यस्तै नेपालले फागुन २९ गते पवुवा न्युगिनीसँग खेल्नेछ।

फागुन ३० गते त्रिकोणात्मक सिरिजको फाइनल खेल हुने छ।

नेपाली टोलीमा रोहितकुमार पौडेल, कुशल भुर्तेल, विनोद भण्डारी, गुलशन झा, सन्दीप जोरा, आरिफ शेख, विवेक यादव, राशिद खान, करण केसी, सागर ढकाल, प्रतिश जिसी, लोकेश बम, आकाश चन्द र अविनाश बोहोरा छन्।

सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको