पशुपतिनाथ मन्दिरमा भब्यरुपमा शिवरात्रिको रौनक


काठमाडौं, फागुन २५ गते । 

शिवरात्रीका अवसरमा पशुपतिनाथ मन्दिर क्षेत्रमा रातिदेखि भक्तजनको भीड लागेको छ ।

भक्तजनहरु आफ्नो पालो आउने आशामा रातिदेखि लाइनमा बसेका थिए । दर्शनार्थीहरु लामबद्ध भएर पूजा गर्ने र फर्किने क्रम चलिरहेको छ ।

बिहान २ बजेदेखि पशुपतिनाथ मन्दिरका ढोकाहरू तीर्थयात्रीका लागि खुला गरिएको थियो ।

यस वर्षको महाशिरात्रिमा कम्तीमा २० लाख भक्तजनले पशुपति दर्शन गर्ने पशुपति क्षेत्र विकास कोषले अनुमान गरेको छ ।

आज शिवका भक्तहरूले व्रत बसेर भगवान शिवको प्रिय वस्तु दूध, धतुरो र बेलापत्र आदि पूजा सामग्री चढाएर पूजा गर्ने गर्छन् ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको