बालिकाको हत्या प्रकरणमा प्रेमी पक्राउ


काठमाडौँ, फागुन २२ गते ।

मोरङको पथरी शनिश्चरे नगरपालिका–७ मा १५ वर्षीया बालिकाको हत्या गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धिरेन खाँ चौधरी पनि छन् ।

आरोपितले गए राति १५ वर्षीया ज्ञानुमती राईको धारिलो हतियार प्रहार गरी हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मोरङका एक अधिकृतले बताए । पक्राउ परेका आरोपी युवतीका प्रेमी रहेको बताइएको छ ।

खोटाङ ऐसेलुखर्क गाउँपालिका–६ निवासी ज्ञानुमती दुई वर्षदेखि आफन्तको घरमा पञ्चायत हाईस्कुलमा कक्षा ७ मा पढ्दै आएकी थिइन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

(रातोपाटी) 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको